Thursday, July 16

पशु स्वास्थ्यको महत्त्व मानव स्वास्थ्यसँग जोडिएको छ: मन्त्री भुसाल

नेपालअखबार, काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले शून्य बजेट भएकै कारण सेवा बन्द गर्ने कार्यप्रति आपत्ति प्रकट गर्नुभएको छ।

Advertisement

पशु सेवा विभागले बुधबार राखेको वार्षिक समिक्षा गोष्ठिमा बोल्दै मन्त्री भुसालले शून्य बजेट भएको कारण देखाउँदै जनतालाई दिने सेवा बन्द गरेको सूचना आएको भन्दै त्यस्तो कार्यगर्ने विषयले सन्देशन नदिने बताउनु भएको हो। मन्त्री भुसालले भन्नु भयो, ‘कतिपय कार्यालयले कलम र कागज किन्ने पैसा छैन् भन्दै सेवा नै बन्द गरेछन्। यहाँभन्दा गैरजिम्मेवारीपन अर्को हुन सक्दैन्।’

Advertisement
Advertisement

शून्य बजेटलाई खुलाउने प्रयास भइरहेको भन्दै यसमा थप चिन्तित नहुन मन्त्री भुसालको आग्रह छ। जनताको सेवालाई प्रभावकारी ढंगले अगाडी बढाउन निर्देशन दिदै मन्त्री भुसालले समस्या राख्ने मात्र नभई समाधानको उपायसमेत खोज्नुपर्नेमा जोड दिनुभयो।

Advertisement

साथै मन्त्री भुसालले लम्पी स्किन रोगबाट प्रभावित भएका किसानलाई राहत दिने तयारी भइरहेको जानकारी दिनुभयो। मन्त्री भुसालले प्रधानमन्त्रीसँग यस विषयमा कुराकानी भएको र राहत दिने आधार, मापदण्ड र प्रक्रिया के कस्तो हुने तत्कालै पशु सेवा विभागलाई गृहकार्य गर्न निर्देशन दिनु भएको छ।

‘पशु स्वास्थ्यको महत्व मानव स्वास्थ्यसँग जोडिन्छ। यो विषयमा पाठ्यक्रम नै तयार पारेर विश्व विद्यालयमा दिउँँ। पशु सेवा विभागले यस विषयमा प्रभावकारी अभियान चालाओस्। आवश्यकता र सम्भावना पहिल्याएर अगाडी बढ्न जरुरी छ,’ मन्त्री भुसालले भन्नुभयो।

तीन बर्ष अगाडी फैलिएको लम्पी स्किन रोग फैलिनुमा थुप्रै कमजोरी भएको बताउनु भयो। ‘लम्पी स्किनबारे हामी गम्भीर भएनौँ। तीन बर्ष पहिले देखिएको रोग विकराल बन्दै गइरहेको छ। हामीले कुनै पनि विषयलाई गहिरो गरी बुझ्न खोज्दैनौं। छिमेकी मुलकमा यो रोग महामारीको रुपमा फैलिदा यहाँ पनि आउँछ भन्ने नसोच्दा आज यो स्थिति भएको हो। पूर्व तयारीका पक्ष हाम्रा कमजोर छन्। यसमा ध्यान जान जरुरी छ’, मन्त्री भुसालले भन्नु भयो।