Sunday, May 10

दोलखामा पहिरोले घर पुरिँदा ४ जना बेपत्ता

नेपालअखबार, काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिका–८ स्थित टोपाटारमा पहिरोले घर पुरिँदा ४ जना बेपत्ता भएका छन् । राति एउटै घरमा बसेका ४ जना बेपत्ता भएको दोलखाका डिएसपी दीपक खड्काले जानकारी दिए ।

बेपत्ता हुनेमा हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र निजकी पत्नी तथा १५ महिनाका बालक प्रिन्स थामी बेपत्ता भएका छन् । घटनास्थलमा पहिरो पन्छाउने काम भइरहेको डिएसपी खड्काले जानकारी दिए ।

Advertisement