Thursday, July 16

यी हुन् माओवादीका मनोनित २२ केन्द्रीय सदस्य

नेपालअखबार, काठमाडौँ । नेकपा माओवादी केन्द्रले २२ जना महिला केन्द्रीय सदस्य मनोनीत गरेको छ ।

Advertisement

बुधबारदेखि जारी केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा २२ जना महिला केन्द्रीय सदस्य मनोनीत गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

Advertisement
Advertisement

मनोनीत भएका केन्द्रीय सदस्यहरूमा दिलमाया बुढामगर, नीरमाया श्रीष, आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गीताकुमारी कँडेल चौंलागाईं, गीता शाही, छमकुमारी खनाल, निशा न्यौपाने, पार्वती थापा छन् ।

Advertisement

त्यसैगरी भगवती तिवारी, मोतीकला चलाउने, लालकुमारी पुन, लीला शर्मा, सपना परियार, सीता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्यकुमारी विक र सरु चौधरी पनि मनोनीत भएका छन् ।

योसँगै माओवादीको केन्द्रीय समितिमा केन्द्रीय सदस्यको संख्या चार सय सात पुगेको  उपाध्यायको भनाइ छ ।