अपराधप्रशासनसमाचार

धनगढीबाट चितुवाको छालासहित दुई जना पक्राउ

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ । धनगढीस्थित एक होटलबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  डडेलधुराको परशुराम नगरपालिका–१२ घर भएका १७ वर्षीय गोविन्द भट्टराई र कञ्चनपुर वेदकोटका ४८ वर्षीय बामदेव जोशी छन् ।

आरोपीतहरुलाई धनगढीको बोराडाँडीस्थित न्यु रोहन होटलबाट पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रज्वल महर्जनले जानकारी दिए । सुदूरपश्चिम प्रदेश कार्यालयबाट प्रनानि प्रकाश कडायतको कमाण्डमा खटिएको टोलीले अरोपीतहरुको साथबाट एकथान चितुवाको छाला बरामद गरेको छ । चितुवाको छाला कारोबारमा संलग्नहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

the authoradmin