राजनीतिसमाचार

मन्त्री ज्वालाद्वारा सडक सुरक्षा र भावी योजनामा केन्द्रित छलफल शुरु

नेपालअखबार, काठमाडौं भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग विषयगत छलफल शुरु गर्नुभएको छ  ।

नेपालमा विगत र वर्तमानका सडक अवस्था, जोग्राफिकल, जियोग्राफी र भविष्यमा कस्ता सडकमा बनाउँदा लाइफ टाइम सडकको सुरक्षा हुनसक्छ भन्ने विषयमा छलफल शुरु गरिएको हो  ।

अहिले सञ्चालनमा रहेका सडकको सुरक्षा र भावी बन्ने सडकका विषयमा केन्द्रित भएर छलफल शुरु गरिएको बताईएको  छ ।
छलफलमा मन्त्री ज्वालाले भौगोलिक विकटताले सडक निर्माण र सडक सुरक्षाले थपेका चुनौतीलाई कसरी हल गर्ने भन्ने विषयमा विज्ञ टोलीसँग राय सल्लाह लिनुभएको बताइन्छ ।

the authoradmin