Saturday, May 23

संसद् गतिरोधबारे विशेष पत्रकार सम्मेलन गर्दै एमाले

नेपालअखबार, काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् गतिरोधलगायत पछिल्लो राजनीतिक अवस्थाबारे विशेष पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्दै छ।

आइतबार मध्याह्न १२ः४५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको एमालेका प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिएका छन्।

Advertisement

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष ओली उपस्थित हुने र पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीले धारणा सार्वजनिक उनले जानकारी दिए।

त्रिभुवन विमानस्थलअगाडिबाट एक क्विन्टल सुन समातिएको प्रकरणमा एमालेले उच्चस्तरीय समिति बनाएर छानबिन गर्न माग गर्दै संसद् अवरूद्ध गर्दै आएको छ। एमालेको अवरोधका कारण साउन १० गतदेखि संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।

प्रकरणबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा उठेका प्रश्नको जवाफ पनि दिए। गृहमन्त्रीको जवाफबाट सन्तुष्ट हुन नसकेको एमालेले उच्चस्तरीय छानबिन समितिकै अडानमा छ।