Wednesday, August 26

कागबेनीमा बाढी‍, पक्की पुल र प्रहरी चौकीसहित ३१ घर बगायो

नेपालअखबार, मुस्ताङ।  मुस्ताङको कागखोलामा बाढी आउँदा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका ३१ घर बगाएको छ।

Advertisement

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार लगातारको वर्षापछि बेलुकादेखि कागखोलामा लेदोसहित आएको बाढीले कागबेनीका ३१ घर पूर्ण क्षति भएका छन्।

Advertisement
Advertisement

बाढीले इलाका प्रहरी कार्यालय कागखोलाको भवन र विभिन्न संस्थाका भवन लगायत बगाएका छन्।

Advertisement

त्यस्तै जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन  विद्युत्का पोल बगाएको सिडिओ केसीले जानकारी दिए।

पक्की पुल बगाउँदा  अपर मुस्ताङसँगको सम्पर्क टुटेको उनले बताए। मानिसहरूलाई पहिल्यै सुरक्षित स्थानमा लगिएका कारण मानवीय क्षति हुन नपाएको उनले बताए।

बाढीका कारण १५/२० घरको एक तलासम्म लेदोले भरिएका छन् भने १२/१५ घर उच्च जोखिममा रहेको सिडिओ केसीले जानकारी दिए।

अहिले तीन वटै सुरक्षा निकायका ७० जना उद्धार टोली र स्थानीयहरू उद्धारमा जुटेको उनले बताए।