समाचारसमाज

गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

Nepal Akhabar

गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका-४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए ।

सोमबार बेलुका साथिहरुसँग देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो ।

अरिङ्गालको टोकाइबाट घाइते भएका उनी सोमबार राति उनी घरमै बसे । आज -गलबार) बिहान आफन्तले गुल्मी अस्पताल पुर्‍याएका थिए । उनको उपचारका क्रममा आज बिहान सोही अस्पतालमा मृत्यु भएको डीएसपी पाण्डेले बताए ।

the authoradmin