राजनीतिसमाचार

एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक भोलिदेखि, ५ गतेदेखि केन्द्रीय कमिटी बैठक

Nepal Akhabar

नेपालअखबार,  काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक ३ भदौमा सुरु हुने भएको छ ।

शनिबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्यूरो बैठक बस्ने निर्णय गरेको हो । त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा छलफल हुने उनले बताए ।

नेकपा एकीकृत समाजवादीले आगामी माघमा राष्ट्रिय महाधिवेशनको तयारी गरेको छ ।

the authoradmin