अपराधसमाचार

कुपण्डोलबाट ५ सय केजी पटाकासहित युवक पक्राउ

नेपालअखबार, काठमाडौँ । ललितपुरको कुपण्डोलबाट प्रहरीले पटाकासहित एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–१९ घर भएका २८ वर्षीय जितेन्द्र कुमार जैसवाल छन् ।

जैसवालले भाडामा लिएर राखेको गोदामबाट ५ सय किलोभन्दा बढी पटाका र भुईचम्पा बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले बताए ।

आरोपीतलाई अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धानका लागी जिल्ला प्रहरी परिसर ललितपुरमा पठाएको छ ।

the authoradmin