Sunday, May 17

हाम्रो विद्रोह औचित्यपूर्ण छ : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट गरेको विद्रोहको औचित्यपूर्ण भएको बताएका छन् ।

अहिले पनि संविधान र संसदमाथि धावा बोल्ने काम भइरहेको भन्दै उनले अग्रगमनलाई जोगाउन पार्टीको भूमिका रहने बताए ।

Advertisement

आइतबार र सोमबार गरी दुई दिनसम्म चलेको पार्टी पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरुले विद्रोह नगरेको भए तत्कालीन प्रधानमन्त्री केपी ओलीले संविधान, संघीयता र संसद समाप्त गरिसक्ने दाबी गरे ।

उनले भने, ‘यति मात्र होइन, हाम्रो विचार समूहमा रहेका पार्टीका नेता कार्यकर्तामाथि चरम दमन गर्नुहुन्थ्यो ।’