Saturday, July 11

हिमाचलमा गर्ल्यामगुर्लुम भत्किए घरहरू (भिडिओ)

नेपालअखबार, एजेन्सि। भारतको हिमाचल प्रदेशमा बिहीबार बिहान केही घरहरू गर्ल्यामगुर्लुम्म ढलेका छन्।

Advertisement

हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले घरहरू ढलेको भिडिओ सामाजिक सञ्जाल एक्स (पहिला ट्विटर) मा राखेका छन्।

Advertisement
Advertisement

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारी वर्षाका कारण कुल्लु जिल्लाको अन्नी भन्ने ठाउँमा बिहीबार बिहान ती घरहरू बनेको ठाउँमा पहिरो गएको हो।

Advertisement

घरहरू भत्किँदा मानवीय क्षति भने भएको छैन। मुख्यमन्त्री सुखुले उक्त क्षेत्रको जोखिमबारे पहिला नै थाहा भएकाले मानिसहरूलाई दुई दिनअघि सुरक्षित स्थानमा सारिएको बताएका छन्।

भारतीय मौसम विभागले हिमाचलमा अझै दुई दिन भारी वर्षा हुने भन्दै रेड अलर्ट जारी गरेको छ।

यसपालिको मनसुनमा हिमाचलमा आएको बाढी-पहिरोमा परी २ सयभन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन्।