राजनीतिसमाचार

एकीकृत समाजवादी निकट अखिलको अध्यक्षमा आरती लामा

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनरास्ववियूको नेतृत्व परिवर्तन भएको छ । अनेरास्ववियूको काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले आरती लामालाई अध्यक्ष चयन गरेको हो ।

सुदेश पराजुली नेतृत्वको कमिटीमा लामा महासचिव थिइन् । बैठकले पराजुलीलाई विदा गर्दै लामालाई अध्यक्ष चयन गरेको हो । महासचिवमा महेश श्रेष्ठ चयन भएका छन् ।

the authoradmin