Sunday, September 27

४ राजमार्ग अवरूद्ध, ४८ स्थानमा एकतर्फी

नेपालअखबार, काठमाडाैं । बाढी–पहिरोका कारण ४ वटा राजमार्ग अवरूद्ध हुन पुगेका छन्। ४८ स्थानमा एकतर्फीरूपमा सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ।

Advertisement

विभागले अद्यावधिक गरेको जानकारीअनुसार तानसेन–रिडी–कोरला जोड्ने सडक म्याग्दीको नौनीबगर, गुइथे आदि ठाउँमा अवरूद्ध छ।

Advertisement
Advertisement

तमोर करीडोरअन्तर्गतको चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारस्थित हेवाखोलामा अवरूद्ध रहेको छ।

Advertisement

बालाजु–त्रिशुली–धुन्चे –स्याफ्रुबेसी जोड्ने पासाङ ल्हामु राजमार्ग पनि नुवाकोटको निगालेमा अवरूद्ध छ। यद्यपि यहाँको पहिरो पन्छाउने कार्य सकिएकाले सवारी सञ्चालन नियमित हुन थालेको इन्जिनियर सागर भण्डारीले जानकारी दिए।

पुष्पलाल मध्य पहाडी राजमार्ग पनि खोटाङको बेर्खेटारमा अवरूद्ध रहेको छ।