नेपालअखबार, काठमाडौं । चीनले यसपटकको गर्मी याममा अत्यधिक गर्मीसँगै विनासकारी बाढीको सामना गरेको छ । हालसम्म बाढीनै नआएका इलाकामा पनि त्यसले वितण्डा मच्चाएको छ ।
जानकारीहरु भन्छन्, ‘यो जवलायु परिवर्तनको असर हो र चीनले योभन्दा पनि खराब परिस्थितिको सामना गर्नै बाँकी छ।’
आफू बसेको क्षेत्रमा ३८ वर्षको यो उमेरसम्म पहिलोपटक बाढी देखेको झाङ झन्ह्वा बताउँछन् । ‘बाढीले हाम्रो धानबाली पूरै नष्ट गर्यो । चार दशकको यस अवधिसम्म मैले पहिलोपटक बाढी देखेको हुँ,’ उनले भने ।
बाढीका कारण त्यहाँ कुनै मानवीय क्षति भने हुन पाएन । वुनचाङक्षेत्रका बासिन्दालाई पहिले नै सतर्क गराइएको थियो । उनीहरु समथल भूभाग उचाइतर्फ स्थानान्तरण भएका थिए ।