राजनीतिसमाचार

समाजवादी मोर्चाको लुम्बिनी प्रदेश समन्वय समिति घोषणा

नेपालअखबार, काठमाडौं । समाजवादी मोर्चाले लुम्बिनी प्रदेश समन्वय समितिको घोषणा गरेको छ । मंगलबार बुटवलमा आयोजित सन्देश सभामा मोर्चाले समन्वय समितिको घोषणा गरेको हो ।

समितिमा मोर्चा सम्बद्ध दलको सिफारिसमा तीनतीन जना सदस्य रहेका छन् । जसमा माओवादी केन्द्रबाट सुदर्शन बराल, दुर्गाबहादुर थारु र कृष्ण अधिकारी छन् । एकीकृत समाजवादीबाट सोमप्रसाद पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी सदस्य रहेका छन् ।

यस्तै जसपाबाट नवीनकुमार सुनुवार, मनिकर कार्की र अशोक यावद तथा नेकपाको तर्फबाट बसन्त सी, नारायण सी र सम्झना सी सदस्य रहेका छन् ।

लुम्बिनीमा मोर्चाको समन्वय समितिको अध्यक्षता चार महिनाका लागि नेकपाले गर्नेछ ।

the authoradmin