गाेरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ सौरपानीमा जीप दुर्घटना भएको छ ।
सिम्बु छाहरेखोलामा मंगलबार बिहान करिब ८ बजे जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले बताए ।
रञ्चोकबाट सौरपानी हुँदै गोरखा तर्फ आउँदै गरेको बा १५ च १०१६ नम्बरको जिप दुर्घटना हुँदा १३ जना घाईते भएको उनले बताए ।
घाइतेमध्ये ४/५ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । हाल घाइते मध्ये गम्भिर भएकाहरुलाई हेलिकोप्टरबाट उपचारका लागि सौरपानीबाट सिधै काठमाण्डौ लैजाने तयारी भएको एसपी अधिकारीले बताए ।
उद्दारका लागि माउण्टेन एयरको हेलि आउन लागेको उनको भनाई छ ।
दुर्घटनामा बिमला गुरुङ, रमा गुरुङ, श्रीमान गुरुङ, पुतबहादु गुरुङ, बिनोद गुरुङ, क्षेत्रकुमारी गुरुङ, टेकमान गुरुङ घाईते भएका छन् । बिमला, रकम र श्रीमान गुरुङको अवस्था गम्भिर छ । जिप सडकबाट करिब एक सय ५० मिटर तल खसेको बताइएको छ ।