
नेपालअखबार, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) कर्णाली प्रदेश कमिटीको पाँचौ पूर्ण बैठक सम्पन्न भएको छ ।
शनिबार बिभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै बैठक सम्पन्न भएको हो । बैठकलाई प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का उपमहासचिव तथा नेपाल सरकारका भौतिक योजना मन्त्री प्रकाश ज्वालाले सम्बोधन गर्नुभएको थियो ।
बैठकमा कर्णाली प्रदेश अध्यक्ष अम्मर बहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका पोलिटब्युरो सदस्य तथा सह- इन्चार्ज चन्द्रबहादुर शाही,केन्द्रीय सदस्य शेरबहादुर के.सी.र हंस बहादुर शाही लगायत प्रदेश कमिटीका सदस्यहरुको उपस्थिति थियो । प्रदेश उपाध्यक्ष तथा राज्यमन्त्री नन्दा शर्माले स्वागत गरेको कार्यक्रम प्रदेश सचिव कृष्ण वहादुरविसीलेसंचालन गर्नु भएको थियो ।
बैठकले आगामी महाधिवेशन केन्द्रित पार्टीका गतिविधिहरुसंचालन गर्ने पार्टी संगठन र जन संगठन निर्माण, भेला, प्रशिक्षण समेतका आगामी कार्ययोजना पारित गर्दै बिभिन्न महत्वपूर्ण निर्णयहरू सकिएको छ । बैठकपछि कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापाद्वारा हस्ताक्षरित १६ बुँदे प्रेस विज्ञप्ति जारी गरेको छ ।




