शिक्षासमाचारसमाज

लक्ष्मी आवासिय मा.वि.मा रेडक्रस सर्कल गठन

नेपालअखबार, पोखरा। पोखरा ०८ न्युरोडमा विद्यालयका प्राचार्य डा.विश्व युधिर पौडेलज्यूको अध्यक्षतामा युवा रेडक्रस सर्कल गठन भएको छ। नेपाल रेडक्रस सोसाईटी कास्कीका सदस्य तथा युवा रेडक्रस सर्कल कास्कीका संयोजक रेशमराज शर्माज्यूको प्रमुख अतिथ्यतामा नेपाल युवा रेडक्रस सर्कलको गठन आइतबार सम्पन्न भएको छ।

विद्यालयका कक्षा ६ देखी कक्षा १० सम्मका विधार्थीको सहभागीता रहेको थियो,सहभागि विधार्थीहरुको बिचबाट कक्षा ९ बाट छात्रा स्वस्तिका चौधारीको अध्यक्षतामा १३ सदस्यि समितिको गठन भएको छ । १३ जनाको सम्कितिमा अध्यक्ष स्वस्तिका चौधारी,उपाध्यक्ष अनुस्का सुवेदी, सचिव सृष्टि आचार्य, कोषध्यक्ष सम्राट परियार, सहकोषाध्यक्ष रिजन क्षत्री सदस्यहरुमा प्रकृति ठकुरी, सुजिता धोवी, आर्सन अधिकारी, शाहिल बानिया, र अदित्य गौतम चयन भएका छन् ।
शिक्षक नायकमा किरण परियार र सहशिक्षक नायकमा रिता श्रेष्ठ चयन गरि संरक्षकको रुपमा बिद्यालय का प्राचार्य डा.विश्व युधिर पौडेल रहनुभयो ।

रेडक्रस को मुल्य र मान्यता तथा सिद्धान्त र युवा रेडक्रसको कर्तव्य तथा भुमिका र कार्यहरुको बारेमा प्रकाश पार्दै नेपाल रेडक्रस सोसाईटी कास्कीका सदस्य तथा युवा रेडक्रस सर्कल कास्कीका संयोजक रेशमराज शर्माज्यूले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो। विद्यालयका शिक्षक तथा अतिरिक्त कार्यक्रम संयोजक हेमराज शर्मा रेग्मीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

गठन गर्ने क्रममा बिद्यालयका प्रार्चाय डा.विश्व युधिर पौडेलले भोलिका दिन मा बालबालिका लाई स्वास्थ मा कुनै पनि समस्या नपरोस र यदि बिद्यार्थी लाइ कुनै पनि समस्या परेमा बिद्यालय प्रसासन र शिक्षक शिक्षिका जिम्मेबार समेत रहेको जानकारी गराउनु भएको थियो।

the authoradmin