राजनीतिसमाचार

उपमहासचिव खतिवडालाई मातृशोक

नेपालअखबार, काठमाडौंनेकपा ( एकीकृत समाजवादी ) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।

उहाँकी माता मालती खतिवडाको ८० वर्षको उमेरमा मंगलबार बिहान ९. ३० बजे निधन भएको हो । उहाँको उपचारको क्रममा टिचिङ अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

उहाँ ब्रेनस्टोकबाट पीडित खतिवडा केही सातादेखि उपचाररत हुनुहुन्थ्यो । उहाँका एक छोरा र तीन छोरी छन् । उहाँको मंगलबार दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।

the authoradmin