प्रशासनसमाचार

सार्वजनिक शौचालय छोपिनेगरी प्रदर्शनीमार्गमा टहरा राखेपछि महानगरले हटायो

Nepal Akhabar

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भृकुटी मण्डपस्थित प्रदर्शनीमार्गको केहीँ टहरा पसलहरु हटाएको छ । प्रदर्शनीमार्गमा सञ्चालित सार्वजनिक शौचालय (ट्वाइलेट) नै छोपिने गरी व्यापारिक टहरा बनाएपछि सो क्लियर गर्न महानगरपालिकाले टहरा हटाएको काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले  जानकारी दिए ।

‘हामीले १ वर्षअघि नै टहरा हटाउन भनेका थियौँ । तर, व्यवसायीहरुले अटेर गर्दै व्यापारलाई निरन्तरता दिएपछि टहरा हटाउन बाध्य भएका हौं’ पौडेलले भने ।

सार्वजनिक शौचालय वरपर कुनै पसल वा व्यवसाय गर्न नपाइने हुँदा पनि व्यवसायीहरुले शौचालय  नै छोपिने गरी टहरा खडा गरेपछि हटाउनु परेको नगर प्रहरी प्रमुख पाण्डेको भनाइ छ । मंगलबार सहरी योजना आयोग (सीपीसी) को टोलीले सो क्षेत्रमा अनुगमन गर्ने क्रममा टहरा नहटाएको पाइएपछि महानगरको प्रहरी गएर हटाएको उनले जानकारी दिए ।

the authoradmin