Saturday, April 18

समृद्धि र विकासमा एकताबद्ध हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको समृद्धि र विकासका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन्। 

नेकपा पोखरा-२४ ले आयोजना गरेको कार्यक्रममा उनले नेकपा नेतृत्वको तीन तहका सरकारले जनताका चाहनालाई सम्बोधन गर्ने गरी अघि बढेकाले समृद्धिको अभियानलाई सबै मिलेर साकार पार्नुपर्ने बताए।      

Advertisement

नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले कम्युनिष्ट पार्टी देशकै सबैभन्दा बढी लोकतान्त्रिक पार्टी भएको बताउँदै कांग्रेसलगायतका अन्य राजनीतिक पार्टीले समेत कम्युनिष्ट पार्टीको सिको गर्नुपर्नेमा जोड दिए। 

छिमेकी राष्ट्रसँगको सम्बन्ध सन्तुलित परराष्ट्र नीतिका आधारमा अघि बढाएको उल्लेख गर्दै उनले मानवअधिकार, आवधिक निर्वाचन र देशभक्तिको विकासमा वर्तमान सरकार प्रतिबद्ध रहेको बताए।     

मुख्यमन्त्री गुरुङले आगामी २५ वर्षभित्रमा प्रदेशको प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पुर्‍याउने लक्ष्य अनुसार उत्पादन वृद्धि, रोजगारी सिर्जना र प्रकृतिक सम्पदाको अधिकतम उपयोगको नीति प्रदेश सरकारले लिएको स्पष्ट पारे।  

नेकपा गण्डकी प्रदेश कमिटी अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डेले आवश्यकता, योग्यता र क्षमताका आधारमा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताउँदै पार्टीलाई एकताबद्ध बनाउँदै सरकारले गरेको विकास निर्माणका कामको जनता समक्ष पुर्‍याउन निर्देशन दिए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *