प्रदेश ४समाचारसमाज

सवारी चालक र यात्रुलाई मास्क वितरण

Nepal Akhabar

गोरखाका सवारी चालक र यात्रुलाई निशुल्क मास्क वितरण गरिएको छ । ‘कोभिड १९’ अर्थात कोराना भाइरस बारे सचेतना जगाउने उदेश्यले बुधबार बिहान गोरखा बसपार्कमा एक कार्यक्रम गरी मास्क वितरण गरिएको हो ।

‘अहिले कोरानाको डरले सबैलाई सताएको छ,’ आयोजक गोरखा मनकामना यातायात प्रालीका अध्यक्ष ताराबहादुर खड्काले भने, ‘यसबाट बच्न हामी आफैले सावधानी अपनाउनु पर्छ भन्ने सन्देश प्रवाह गर्न यो कार्यक्रम गरेका हौं ।’

गोरखा मनकामना यातायात प्रालिको आयोजना तथा सामुदायिक सेवा केन्द्र गोरखाको समन्वयमा सचेतनामुलक कार्यक्रम गरी निशुल्क रुपमा माक्स वितरण गरिएको हो । माक्ससँगै कोराना लाग्नबाट बच्ने उपाय सहितको प्रचार समाग्री समेत सर्वसाधरण उपलब्ध गराइएको छ ।

‘कोरानाको जोखिम हुन नदिन राज्य नै लागि परेको छ । आम नागरिक पनि सचेत हुनुभएको छ’ सवारी चालकलाई माक्स हस्तान्तरण गर्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘हामी कहाँ अहिल्यै आत्तिहाल्नु पर्ने अबस्था छैन् ।

तर आफ्नो स्वास्थ्यको ख्याल गरेर विशेष चनाखो हुन पर्ने आवश्यकता चाँही सधै हुन्छ ।’ गोरखा नगरपालिकाले पनि उच्च सतर्कता अनाएको उनको भनाई छ । सोही अनुरुप संक्रमणको आंशका गरिएका र बाहिरबाट जिल्ला आउने मानिसहरुलाई राख्ने क्वारेन्टाइन स्थल निर्माण गर्न लागिएको उनले बनाए ।

केही दिनभित्र निर्माण हुने उक्त स्थलमा १३५ जना मानिसलाई राख्न सकिने गोरखा नगरपालिकाले जानकारी दिएको छ । जिल्ला अस्पताल गोरखामा पनि संभावित विरामीहरुलाई राख्ने छुट्टै उपचार कक्ष निर्माण भइसकेको छ ।

गोरखामा सर्जिकल मास्क तथा कपडाको मास्क दुबै अभाव भएपछि स्थानीय स्तरमै मास्क उत्पादन गरी वितरण गरिएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष कैलाशबाबु श्रेष्ठले जानकारी दिए । कपडाको माक्सले पनि रोगको जोखिम कम गराउने औषधी व्यवसायी संघ गोरखाका अध्यक्ष संगमबाबु श्रेष्ठले स्पष्ट पारेका छन ।

‘पाएसम्म त सर्जिकल मास्क राम्रो हो । तर यसले पनि काम गर्छ,’ उनले भने ‘सामान्य कपडाको मास्कले पनि संक्रमित व्यक्तिको थुक तथा स्वास अर्को मानिससँग सजिलै पुग्न दिदैन ।’ सोही अबसरमा बोल्दै उनले गोरखामा कुनै किसिमको औषधी अभाव नरहेको पनि स्पष्ट पारेका छन् । ४ महिनालाई पुग्ने अत्यावश्यक औषधी स्टक रहेकाले हल्लाको पछाडी नलाग्न श्रेष्ठले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ गोरखा शाखाका उपाध्यक्ष दिपक श्रेष्ठ र पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका गोरखाका विपिनचन्द्र ढकाल लगायतले सरकार र आम नागरिक दुबै चनाखो हुनु पर्नेमा जोड दिएका थिए ।

प्रालिले गोरखा सदरमुकाम र आसपासमा २ हजार भन्दा बढि व्यक्तिलाई मास्क वितरण गर्ने लक्ष्य राखेको सचिव सुमन श्रेष्ठले जानकारी दिए । ‘हाम्रो पहिलो टार्गेट सवारी चालकहरु हो । यात्रु लिएर उहाँहरु देशका विभिन्न ठाउँमा आउजाउ गर्नुपर्छ, त्यसैले उहाँलाई भाइरस सर्ने डर धेरै हुन्छ’ उनले भने ‘यात्रु र अन्य सर्वसाधरणलाई आवश्यकताका आधारमा हामी मास्क उपलब्ध गराउँछौ ।’ माक्स पाएसँगै सवारी चालक र यात्रु पनि खुसि भएका छन् ।

the authoradmin

Leave a Reply