प्रशासनसमाचार

५० जना प्रहरी कर्मचारीलाई ड्राईभिङ तालिम प्रदान ।

Nepal Akhabar

नेपालअखबार,, पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले यहि साउन १६ गते बहालवाल प्रहरी कर्मचारीलाई सिपयुक्त बनाउने उद्देश्यका साथ ५० जना प्रहरी कर्मचारीहरुलाई प्रदान गरेको हलुका सवारी साधन ९ काररजिप० ड्राईभिङ तालिम समापन भएको छ ।
गण्डकी प्रदेश अन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरुमा रहि उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरुलाई प्रेरणा स्वरुप प्रदान गरीएको उक्त तालिममा गोरखा जिल्ला अन्तर्गतबाट ३ जना, नवलपरासी ९पुर्व० ४, कास्की १६ ,तनहुँ ८, स्याङ्जा ४, बागलुङ ४, म्याग्दी २, पर्वत २, मुस्ताङ २,लमजुङ ३, मनाङ जिल्ला अन्तर्गतबाट(२ जनाप्रहरी कर्मचारीहरुको सहभगिता रहेको थियो ।
उक्त समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्धिराज गुरुङले सहभागी प्रहरी कर्मचारीहरुले सफलता पुर्वक तालिम सम्पन्न गर्नु भएकोमा शुभकामना व्यक्त गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले गरेको अपेक्षा अनुरुप कार्यक्षेत्रमा उक्त तालिमबाट सिकेका कुराहरुलाई उपयोग गरी प्रहरी सेवामा एउटा कुशल चालककारुपमा आफुलाई स्थापित गराउने अपेक्षा व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेशका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले सञ्चालन गर्नुभएको उक्त तालिम समापन कार्यक्रममा प्रहरी निरीक्षक रविन्द्र थापाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नू भएको थियो ।विभिन्न ९ जिल्लाका ११ ड्राईभिङ तालिम प्रदायक संस्थाहरु संग आवश्यक समन्वय गरी सञ्चालन गरीएको उक्त ड्राईभिङ तालिम समापन कार्यक्रममा तालिम सञ्चालनमा सहकार्य तथा सहयोग रहेको सनराइज ड्राईभिङ ईन्सिच्युट, पोखराका सञ्चालक तथा प्रशिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।

 

the authoradmin