
नेपालअखबार, काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबाली बीच भेटघाट भएको छ । सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत एल्गेबाली बीच शिष्टचार भेटघाट भएको हो ।
भेटमा मन्त्री भुसालले नेपालको उच्च गुणस्तरको चिया, कफी, अलैची जस्ता उपजहरु इजिप्टका जनतासामु पु¥याउन इच्छुक रहेको बताउनु भयो । नेपालको कृषि क्षेत्रमा इजिप्टको सहयोग हुने मन्त्री भुसालले आशा व्यक्त गर्नुभयो ।
रासायनिक मलको उपलब्धतामा सहजिकरण गर्न सकिने बताएका मन्त्री भुसालले नेपालको कृषि प्राविधिकहरुलाई भविष्यमा विभिन्न प्राविधिक विषयमा तालिम तथा अध्ययनको अवसर उपलब्ध गराउन आग्रह गर्नुभयो ।
भेटमा राजदूत एल्गेबालीले नेपालसँग आफ्नो देशले व्यापारिक साझेदारी गर्न चाहेको बताउनु भयो ् । साथै नेपालको माग भएमा रासायनिक मल दिन सक्ने उहाँले बताउनु भयो आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा सहयोग आदानप्रदान गर्दै जानुपर्नेमा उहाँको जोड थियो ।

