प्रकाश अधिकारी । तमानखोला, बागलुङ । ५९ औं राष्ट्रिय बाल दिवस तथा हरितालीका तीजको अवसरमा बुद्ध आधारभूत विद्यालयमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० हुने भएको छ । नेपालीहरुकाे पर्व हरितालिका तीजकाे अवसरमा बालविवाह अन्त्यका लागि जनचेतनामूलक तीजगीत, सचेतना मुलक र्याली तथा छात्र/छात्रा भलिबल प्रतियोगिता आयाेजना गरिएको बुद्ध बाल क्लबले जनाएकाे छ।
तमानखोला गाउँपालिकाले मुख्य सहयोग र तमानखोला गाउँपालिका वडा नं. १ सहकार्यमा बुद्ध बाल क्लबले विद्यालयको समन्वयमा हुने कार्यक्रममा एक दर्जन बढी समुहको तीजगीत प्रस्तुत हुने क्लबका उपाध्यक्ष दुर्गादेबि बिकले जानकारी दिनुभयो ।
‘सामाजिक अपराध’का रूपमा रहेको बालबिबाह रोक्न स्वयम् वालबालिका र विद्यालयको भुमिका महत्त्वपूर्ण हुने भएकाले यस्तो सचेतनामुलुक कार्यक्रम आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक नन्दप्रसाद घर्तीमगर जानकारी दिनुभयो । उहाँले यस्ता कार्यक्रम यही भाद्र २९ श्री बुद्ध आधारभूत विद्यालयकाे प्राङ्गणमा हुने बाल क्लबका अध्यक्ष मिलन रोकाले जानकारी दिनुभयाे।मौलिक नेपाली संस्कृतिको जगेर्ना गर्दै बालविवाह विरुद्धका प्रस्तुती रहने बताईएको छ ।तीजगीत प्रतियोगितामा सहभागीता जनाउनकाे लागि क्लबले विविध नियमहरु बनाएको छ।
क्लबका सह-सचिव पुष्पाअन्जली सिउतानीका अनुसार तीजगीत ‘बाल विवाह अन्त्य गरौं’ भन्ने थिममा आफैंले रचना गर्नुपर्ने छ भने भाका मौलिक तीजगीतमा आधारित हुनुपर्ने छ । एक टिममा न्युनतम ३ जना, छात्रछात्रा हुनुपर्ने नियम बनाइएकाे छ । प्रतियाेगीतामा भागि लिन कुनै शूल्क नलाग्ने बताइएकाे छ ।
त्यस्तै छात्र छात्रा भलिबल र भित्रबाहिर खेल पनि हुनेछन् । छात्र भलिबलमा प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ हजार १ सय, १ हजार ४ सय र तेस्रो हुनेले रु ५ सय नगद र प्रमाणपत्र पाउनेछ्न् । छात्रा भलिबल प्रतियोगितामा प्रथम हुनेले रु एक हजार र प्रमाणपत्र, दोस्रो हुनेले ७ सय र तेस्रो हुनेले रु ५ सय नगद सहित सहभागी सबैले प्रमाणपत्र पाउँनेछन् ।