यसअघि भदौ १३ गते कार्यक्रम तय गरिएको थियो । तर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव नआउने भएपछि कार्यक्रम स्थगित गरिएको थियो ।
सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव, जनता समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।