Friday, May 1

मधेस प्रदेश सांसद विन्दु कुमारी यादवको निधन

नेपालअखबार, जनकपुर । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेस प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ ।

प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो ।

Advertisement

महोत्तरी घर भएकी उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । यादव समानुपातिक सांसद थिइन् ।