नेपालअखबार, काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने तयारी गरेको छ । त्यसका लागि स्थानीय तहबाट वडाका तोकिएका स्थानहरुमा खटिएका लगत संकलकमार्फत् ३५ दिनभित्र निवेदन दिन आयोगले भनेको छ ।
आयोगले आज सूचना जारी गरी कोशी प्रदेशका इलाम, सुनसरी, सोलुखुम्बु, मोरङ, झापा, संखुवासभा र उदयपुरमा निवेदन माग गरिएको छ ।