नेपालअखबार, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । शुक्रबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ । यसअनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।
Nepal Akhabar > Blog > अर्थ > फेरि बढ्यो डिजलमा ३ र पेट्रोलमा १ रुपैयाँ
