Sunday, May 31

ब्राजिलमा जहाज दुर्घटना हुँदा १४ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। दक्षिण अमेरिकी मुलुक ब्राजिलमा एउटा  जहाज दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार अमाजोनस राज्यमा पर्ने अमेजनको जंगलमा शनिबार भएको दुर्घटनामा १२ यात्रु र दुई चालक दलका सदस्यहरूको मृत्यु भएको हो।

Advertisement

जहाजमा सवार यात्रु आन्तरिक पर्यटक भएको बताइएको छ। भारी वर्षा भएकाले ल्यान्डिङका क्रममा जहाज दुर्घटनाम परेको आशंका गरिएको छ।