अर्थसमाचार

उच्च महँगीको सामना गरिरहेको बेलायतमा घट्यो महँगी दर

नेपालअखबार, काठमाडौँ । उच्च मूल्यवृद्धिको सामना गरिरहेको बेलायतमा अगस्ट महिनामा महँगी दरमा गिरावट आएको छ । समाचार संस्था बीबीसीले अगस्ट महिनामा महँगी दर सामान्य गिरावट आएको उल्लेख गरेको हो ।

बेलायतको सरकारी आँकडाअनुसार अगस्ट महिनामा महँगी दर ६.७ प्रतिशत छ । जुन, जुलाई महिनामा ६.८ प्रतिशत थियो । बेलायतको तथ्याङ्क कार्यालयका अनुसार बजारमा खाद्यान्नको माग घट्दा महँगी समेत ओरालो लागेको हो ।

बेलायती बजारमा महँगी खस्किएको यो तेस्रो महिना हो । उच्च मूल्यवृद्धि मारमा परेको दूध, चिज र अन्डाको मूल्य तथा माछा र तरकारीको मूल्यमा समेत उच्च गिरावट आएको छ । समाचार संस्थाका अनुसार मूल्यवृद्धिको दर घट्नु वस्तुको मूल्य नै घट्नु भने होइन ।

तर, मूल्यवृद्धिको गतिलाई कम भने यो दरले गराइदिन्छ । अगस्ट महिनाको महँगी दर घट्दा बेलायती सरकारी निकाय समेत आश्चर्यमा परेको समाचारमा उल्लेख गरिएको छ ।

the authoradmin