नेपालअखबार, काठमाडौं । क्यानडा र भारतबीचको कूटनीतिक सम्बन्ध एकपछि अर्को गरी तनावग्रस्त बन्दै गएको छ । त्यसै क्रममा भारतले क्यानडाली नागरिकलाई भिसा दिन नै बन्द गरेको छ ।
यसअघि एकअर्को मुलुकका कूटनीतिज्ञलाई देश निकाला गर्नेदेखि दुवै देशले आफ्ना नागरिकका लागि जारी ट्राभल एडवाइजरीलाई अपडेट गरेर संवेदनशील बनाएकामा अन्ततः भिसामा समेत रोक लगाउने स्थिति आएको हो ।
भारतको विदेश मन्त्रालयले बिहीबार साप्ताहिक पत्रकार सम्मेलनमा सम्पूर्ण क्यानडाली नागरिक लागि भिसा प्रक्रिया सस्पेन्ड गरिएको जानकारी दिएको छ ।
भारतीय विदेश मन्त्रालयको प्रवक्ता अरविन्द्र वाग्चीले पत्रकार सम्मेलनका क्रममा क्यानडाली नागरिकका लागि सिधा भिसा प्रक्रिया मात्रै नभइ ई–भिसा र तेस्रो मुलुकबाट आउने क्यानडालीका लागि पनि भिसा दिन बन्द गरिएको जानकारी दिएका छन् ।