समाचारसमाज

पृथ्वी पर्यटन पत्रकारिता पुरस्कारबाट दवाडी पुरस्कृत

Nepal Akhabar

नेपालअखबार, पाेखरा । पोखरा युवा पत्रकार कृष्ण दवाडी पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृति हुनु भएको छ । पृथ्वी होटल व्यवसायी समितिको ११ औं अधिवेशन तथा साधारण सभाको अवसरमा शुक्रबार पत्रकार दवाडीलाई नगद १० हजार सहित पुरस्कृत हुनु भएको हो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रादेशिक कार्यालयका निमित्त कार्यालय प्रमुख नवीन पोखरेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, समितिका अध्यक्ष बालकृष्ण निउरेले उक्त पुरस्कार दवाडीलाई अर्पण गर्नु भएको हो । नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष तथा प्रेस सेन्टर नेपाल, कास्की शाखाका अध्यक्ष दवाडी करिब डेढ दशक देखि पोखरामा क्रियाशिल रुपमा पत्रकारिता गर्दै आउनु भएको छ । समितिले प्रत्येक दुई÷दुई वर्षमा उक्त पुरस्कार प्रदान गर्दै आएको छ । 

उक्त अवसरमा समितिले दुई जना व्यवसायीलाई समेत सम्मान गरेको छ । होटल शुभ साइतका संचालक शोभाकान्त चापागाई र होटल आरोहीका संचालक कृष्ण प्रसाद शर्मा उक्त अवसरमा सम्मानित हुनु भएको समितिका महासचिव जीवन भण्डारीले एटुजेडलाई बताउनु भयो ।

the authoradmin