राजनीतिसमाचार

समाजवादी पेशागत कानुन व्यवसायी सङ्गठनकाे प्रथम राष्ट्रिय सम्मेलनकाे तैयारी पूरा

नेपालअखबार,काठमाडाैं ।  समाजवादी पेशागत कानुन व्यवसायी सङ्गठनकाे प्रथम राष्ट्रिय सम्मेलनकाे तैयारी पूराभएकाे छ । यहि असाेज ६ गते भाेलि शनिवारका दिन काठमाडाैं  व्याङ्क्यट थापागाउमा विहान ७.३० बजे देखि्र समय बेलुका ५ बजे सम्मेलन चल्ने महासचिव  अम्बर बहादुर राउतले जानकारी दिएका छन् ।  महासचिव राउतका अनुसार  देशभरका ५० जिल्लाबाट करिब ५०० जना  प्रतिनिधिहरूकाे सहभागिता रहनेछ । उत्त प्रतिनिधिहरूले ६५ जनाकाे  अध्यक्ष सहित नयाँ कार्य समितिकाे चयन गर्ने बताएका छन् ।

महासचिव राउतका अनुसार प्रथम राष्ट्रिय सम्मेलनमा   प्रमुख अतिथि  पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल , विशिष्ठ अतिथि बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकाे उपस्थिति रहेने जानकारी दिएका छन् ।

the authoradmin