राजनीतिसमाचार

नेपाली जनताकाे वर्तमानआवश्यकता र भविष्य सुनिश्चित गर्न समाजवादकाे कार्यन्वयन हुन पर्छ : अध्यक्ष नेपाल

नेपालअखबार, प्युठान। लुम्बिनी प्रदेशकाे प्युठान  जिल्ला जुम्रीमा आयोजना भएकाे  जिल्ला स्तरीय विशाल कार्यकर्ता भेला र पार्टी प्रवेश  कार्यक्रममा  प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवम्  पार्टी अध्यक्ष माधव कुमार नेपालले  विभिन्न पार्टीबाट  ३५० जनाले पार्टी प्रवेश गरेका छन् ।  अध्यक्ष नेपालले नयाँ सदस्यलाई नेकपा एसमा स्वागत गर्दै  नेपाली राजनीतिमा वर्तमान आवश्यकता भनेकाे नै समाजवाद हाे । याे समाजवादकाे यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न आवहान गरेका छन् । एमाले पार्टी अब कम्युिनष्ट विचारकहरूकाे पार्टी हाेइन ? त्यहाँ  विचार, नीति प्रधान छैन । यसकारण इमान्दार कार्यकताहरू एमाले छाड्दै  नेकपा एकीकृत समाजवादीले पार्टीमा आउने क्रम जारी रहेकाे बताएका छन्।

अध्यक्ष नेपालले नीति प्रधान रहेकाले अबकाे बाटाे समाजवाद नै हाे नेपाली जनताकाे वर्तमान आवश्यकता र भविष्य सुनिश्चित गर्नका लागि सबै नेपाली समाजवादकाे महान् यात्रामा लाग्नु पर्नेमा जाेड् दिएकाछन् । समाजवादकाे कार्यन्वयनले नै अबकाे सहि राजनीति दिशा लिने बताए ।

 

the authoradmin