नेपालअखबार, काठमाडौँ । विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गरिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका हुन् । विमानस्थलमा पर्यटकलाई स्वागत गर्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाको पनि सहभागिता थियो ।
Nepal Akhabar > Blog > पर्यटन > विदेशी पर्यटकलाई स्वागत गर्न विमानस्थल पुगे पर्यटनमन्त्री
विदेशी पर्यटकलाई स्वागत गर्न विमानस्थल पुगे पर्यटनमन्त्री
admin२०८० आश्विन १०, बुधबार १०:२९ गते
posted on

