Saturday, July 18

सल्यानमा जीप दुर्घटना हुँदा दुईको मृत्यु

नेपालअखबार, दाङ। सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

Advertisement

शुक्रबार बेलुकी छत्रेश्वरी गाउँपालिकाबाट शारदा नगरपालिका १२ कागखोला तर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप छत्रेश्वरी-५ लेखपोखरामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।

Advertisement
Advertisement

मृत्यु हुनेमा शारदा नगरपालिका–१५ माल्नेटाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका–१२ की ७६ वर्षीया धुर्बी बोहरा छन्।

Advertisement

दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लैँजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए।

दुर्घटनामा परी १४ जना घाइते भएका छन्। घाइतेमध्ये शारदा – १५ की ५७ बर्षीया पेमला भण्डारीलाई सुर्खेतमा थप उपचारका लागि पठाइएको डिएसपी कार्कीले जानकारी दिए। अन्य १३ जना घाइतेको जिल्लाका बिभिन्न अस्पतालहरुमा उपचार जारी रहेको प्रहरीले बताएको छ।

उनीहरू मेला हेरेर फर्कँदै थिए।

जीप सडकदेखि झन्डै ६० मिटर तल खसेको प्रहरीले बताएको छ।दुर्घटनाको कारण खुलिसकेको छैन।