Wednesday, July 29

धनुषामा एमालेका नगर सचिव सहित विभिन्न पार्टीबाट ५०० भन्दा बढी समाजवादीमा प्रवेश

नेपालअखबार, धनुषा। मेची– महाकाली समाजवादी जागरण अभियान धनुषामा आयाेजित काेणसभामा एमालेका नगर सचिव लक्ष्मी पासवानका साथमा एमालेका कार्यकार्ता  सहित विभिन्न पार्टी परित्याग गरी ५०० भन्दा बढीले  पार्टी प्रवेशमा गरेका छन् । नवप्रवेशीलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालले स्वागत गरेका थिए ।

Advertisement

धनुषाको यदुकोहामा हजारौंको संख्यामा उपस्थित कार्यकर्ताले मधेश प्रदेशकाे राजधानी धनुषामा भव्यरूपमा स्वागत गरेकाे थिए । मेची– महाकाली समाजवादी जागरण अभियानकाे तेस्राे दिन पार्टीकाे अभियानमा सहभागी नेता कार्यकर्ताका मनाेबल झन बढ्दै गएकाे पार्टी अध्यक्ष माधव कुमार नेपालले बताए । नेपाली जनताकाे भविष्य सुनिश्चित गर्ने पार्टी भनेकाे नै  एकीकृत समाजवादीले पार्टी दाबी गरेका छन् ।

Advertisement
Advertisement

अध्यक्ष नेपालले भने नेपाली जनतालाई सुख, शान्ति, समृद्धिका  लागिका अब जनताले एकीकृत समाजवादी पार्टीलाई नै साथ दिनु पर्ने बताए ।

Advertisement