Wednesday, August 12

हामीले राजनीतिक कोर्ष करेक्सन गरेका हौं: अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालले विद्रोहको पुष्टि भइ सकेको जिकिर गर्नु भएको छ।

Advertisement

‘नेपाली जनताको भावना, चाहानालाई बुझ्ने पार्टी नै एकीकृत समाजवादी पार्टी हो। देश र जनताको समस्या बुझ्ने र समाधान गर्ने पार्टी नै हाम्रो पार्टी हो । हामीले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी निर्माण गरेको पुष्टि त्यतिबेला नै भइसकेको हो। जुन बेला केपी ओलीले संसद विघटन गरे। संविधान मिच्ने काम गरे। त्यसलाई असफल पारेर हामीले राजनीतिक कोर्ष करेक्सन गरेका थियौं। आज हामीले मेचीबाट समाजवादी जागरण अभियान सुरु गरेका छौं। जनताको दुःख सुख, अवस्था, समस्या के छन्, ? अब कसरी अगाडि बढ्ने भनेर जनताको बीचमा आएका हौं।’

Advertisement
Advertisement

साथै उहाँले प्रदेशलाई सम्पूर्ण अधिकार दिनुपर्नेमा जोड दिनुभएको छ। बुधबार समाजवादी प्रेस संगठन नेपाल, मधेश प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रदेशलाई सम्पूर्ण अधिकार दिएको खण्डमा मात्रै संघीयता बलियो हुने बताउनु भएको हो।

Advertisement

उहाँले भन्नुभयो, ‘संघीयताको विकल्प भनेको संघीयता हो। बरु यसलाई बलियो कसरी बनाउने? यतातिर ध्यान दिनुपर्छ।’ समाजवादी जागरण अभियान-२०८० को चौथो दिन जनकपुर आइपुगेको अभियानका बारेमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले नेपाली कांग्रेसलाई बाहिर राखेर सरकार बनाउने कुनै तयारी नभएको स्पष्ट पार्नु भएको छ।

त्यस्तै अध्यक्ष नेपालले कोशी प्रदेशमा पनि पार्टीले गठबन्धन सरकारलाई असर पर्ने गरी आर्को गठबन्धन नबनाउने जानकारी दिनुभयो।