
नेपालअखबार, बारा। बारा जिल्लाको जीतपुर सिमरा नगरपालिकाकाे जीतपुरमा असोज,२०८० मा मेची महाकाली ” समाजवादी जागरण अभियान ” को क्रममा पच्चिस सय २५०० भन्दा बढी प्रवेश गरेको पार्टी प्रवेश गरेका छन् । उत्त कार्यक्रम पाँच हजार भन्दा बढी जन सहभागिता रहेकाे थियाे । स्वतन्त्र प्रदेश प्यतियसै सन्तोष कुशवाह, लोसपा पूर्व वडाअध्यक्ष, एमालेका कार्यकता लगाएतका नेता कार्यकर्ता पच्चिस सय २५०० भन्दा बढी जनाले पार्टी प्रवेश गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी)मा विभिन्न पार्टी परित्याग गरि नेता कार्यकर्ता आउने जारी रहेकाे छ । नवप्रवेशीलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वागत गरेका थिए । सभामा पार्टी बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको बर्तमान अबस्थाको जानकारी गराउँदै आगामी दिनमा पार्टीले लिने रणनीति र कार्यदिशा जनतासमक्ष जानकारी गराउन १२ सय किलोमिटरको लम्वे अभियानको सुरुवात गरिएको बताएका छन् ।
अभियाको पाँचौ दिन
अभियानको पाँचौ दिनमा रौतहटको गौर, बाराको कलैया, विरगंज, जितपुर र सिमराका विभिन्न भागका सभाहरू भएका छन्।













