राजनीतिसमाचार

उद्देश्यमानचल्दा सहकारी समस्यामा : कृषिमन्त्रीजिसी

नेपालअखबार, पोखरा । कृषितथाभूमिव्यवस्थामन्त्री महेन्द्रध्वजजिसीले उद्देश्य अनुरुप सञ्चालक समितिले सहकारी नहाँक्दालाखौ उपभोक्ता ठगिएको बताएका छन् । मन्त्रीजिसीले ब्याजको लोभ गर्दा सहकारी संस्थाहरु धारासायी बनेको समेत बताए । सुख र दुःखमा साथदिनु पर्ने सहकारीले रातारातधनीहुने र धान्नैनसक्ने करोडौंको कारोबार गर्दा सहकारीबाट देशभर आममानिसहरु पीडित बनेको बताए ।
कर्मचारी बचत तथा ऋण सहकारी संस्थापोखराको १६ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै कांग्रेस नेताएवं मन्त्रीजिसीले खुल्ला वैठक र प्रजातन्त्रकाआस्था राख्ने कर्मचारी मात्र सेयर सदस्यभएको सहकारी नमूनाबन्नु पर्नेमा जोड दिए । सदस्यवृद्धि गरेर, पारदर्शी र जिम्मेवार बनेर, इमान्दारिताको पाठ सवैलाई सिकाएर कर्मचारी सहकारी सक्षमहुनेमा आफू विश्वस्तभएको बताए ।सहकारीले सवैलाई पाठ सिकाउने र नीति, व्यवहार यस्तो हुनु पर्ने भन्दै नमुना सहकारी बनाउनमन्त्रीजिसीले सुझावदिए ।
सहकारीकाअध्यक्ष महेशकुमार सिग्देलको अध्यक्षतामाभएको सभामाकृषितथाभूमिव्यवस्थामन्त्रालयका सचिव सहदेव प्रसाद हुमागाँईले राम्रो गर्ने सहकारी मन्त्रालयको लिस्टमा परेको बताउँदै ऐन, नियम र विनियमलाई पूर्ण कार्यान्वयन गरे गण्डकी प्रदेशमा समस्यानआउने उल्लेख गरे । कार्यक्रममा कृषिविकास निर्देशनालयकामहानिर्देशकवासुदेव रेग्मी, नेपालीकांग्रेस गण्डकी प्रदेश कर्मचारी प्रशासनविभागका सचिव सुरेन्द्रप्रसाद अधिकारी, नेपालनिजामतिकर्मचारी युनियन केन्द्रीयउपाध्यक्षएवं गण्डकी प्रदेश संयोजकदिपक रेग्मी, संघका केन्द्रीय सदस्यबद्रीपौडेल, सहकारीका सचिवएवं नेपालनिजामतिकर्मचारी युनियनकास्कीकाअध्यक्ष सुरेशकुमार श्रेष्ठले कर्मचारी सहकारी हरेक कोणबाट उत्तम रहेको बताएकाथिए ।
सहकारीका सल्लाहकार संयोजक रामजीप्रसाद कोइराला, सहकारीकाउपाध्यक्षबद्रीपौडेल, सहकारीका सञ्चालक सदस्यतथाकार्यक्रम सञ्चालक केदार सापकोटा, लेखा सुपरीवेक्षण समितिका संयोजकहेरम्ब शर्मा पौडेल लगायतले सहकारीको नीति, योजनातथाभाविकार्यक्रमबारे उल्लेख गरेका थिए ।
कर्मचारी बचत तथा ऋण सहकारीले विभिन्नविधामा पुरस्कार प्रदान गरेको छ । सहकारीमाकार्यरत कर्मचारी मध्ये साधना ढुंगाना पुरस्कृत भएकीथिइन् । सहकारीले जेष्ठ नागरिक तर्फ शंकरप्रसाद कोइराला, सदस्यअभियान्तामा केदार धमला र अन्जनापोखरेल, सेयर सदस्यतर्फ टिकाराम बराल, शारदा सिग्देल, रचना गुरुङ, राजेन्द्रप्रसाद पौडेललाई मायाको चिनो र प्रमाणपत्रले सम्मान गरिएको सहकारीकाकार्यालय प्रमुख निरोज मल्लले जानकारी दिए ।
वार्षिकोत्सवको अवसरमा उत्कृष्ठ कारोबार गर्ने शिव परियार र सुस्मिताकार्कीलाई, बचत कर्ताको तर्फबाट विष्णु गुरुङ र होमनाथ भण्डारीलाई सम्मान गरिएको सहकारीकाव्यवस्थापकशारदा गिरीले जानकारी दिइन् । यस्तै बालबचतमावत्सलपौडेलले पुरस्कार प्राप्त गरेका थिएभने शैक्षिक पुरस्कारमा संकल्पसिग्देल, अधिश ढकाल, मनाकामनागौतम,चन्द्रकाला बस्नेत, आशा कोइराला, आशिषसिग्देल, इजिता जोशी पुरस्कृत भएकाथिए ।
६ सय ९४ जना सेयर सदस्य रहेको कर्मचारी बचत तथा ऋण सहकारीमा २ करो ५६ लाख ५० हजार सेयर पुजी, ५ करोड ६१ लख ५१ हजार बचत, ७ करोड, ४७लाख७० हजार ऋण लगानी रहेको सहकारीले जनाएको छ । नेपालनिजामतिकर्मचारी युनियनतथा सार्वजनिक सेवाकर्मचारी संघसंग आवद्धकर्मचारीहरु सेयर सदस्य रहेको सहकारीले सामाजिकउत्तरदायित्वको विभिन्नकार्य गर्दै आएको छ ।

the authoradmin