Sunday, May 10

समाजवादी जागरण अभियानको आठौं दिन: भैरहवामा पत्रकारसँग भेटघाट कार्यक्रम सम्पन्न

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले यहि असोज १४ गते मेचीबाट सुरू गरेको समाजवादी जागरण अभियान २०८० को आठौं दिन अभियान लुम्बिनी प्रदेशको रूपन्देही पुगेको छ।

आइतबार बिहान भैरहवामा पत्रकारसँग भेटघाट कार्यक्रम सम्पन्न भएको पार्टी केन्द्रीय प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिनु भएको छ।

Advertisement

पत्रकार भेटघाट कार्यक्रममा पार्टीका सम्मानित नेता झलनाथ खनालले वर्तमान राजनीति, पार्टीले सुरूको गरेको समाजवादी जागरण अभियान, भूराजनीति, जनजीविका, उत्पादन, रोजगराी लगायतका विषयमा मन्तव्य राख्नु भएको थियो।

समाजवादी जागरण यात्राका बारेमा सञ्चारकर्मीहरू समसामयिक प्रश्न तथा जिज्ञासा राख्नु भएको सचिव खतिवडाले बताउनु भएको छ।

पत्रकार भेटघाट कार्यक्रममा सम्मानित नेता खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव जगन्नाथ खतिवडा, सोम पाण्डे, पार्टी केन्द्रीय सदस्य तथा प्रचारविभाग उपप्रमुख शम्भु श्रेष्ठलगायतका केन्द्रीय र स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।

jn khanal jan khatiwada ghanashyam1696742905.jpg

shambhu asmita lekhnath1696742905.jpg