Wednesday, August 12

बागमती प्रदेशसभा बैठक बस्दै

नेपालअखबार, हेटाैंडा। बागमती प्रदेशसभाको बैठक आज अपराह्न ३ बजे बस्दै छ ।

Advertisement

बैठकमा छलफलका दुई विधेयक लागि पेस हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिए।

Advertisement
Advertisement

बैठक यसअघि यही असोज १७ गते बुधबार बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो ।

Advertisement

बागमती प्रदेशसभामा हाल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् ।

बागमती प्रदेशसभा चिट्ठा विधेयकले केही विवाद सिर्जना गरेको छ।

सरकारले प्रस्तुत गरेको सो विधेयललाई  बैठकमा प्रतिपक्षी सदस्यले विरोध जनाउँदै आएका छन् ।

सदस्यलाई पूर्वजानकारी नै नदिई सरकारले सिधै बैठकमा चिट्ठा विधेयक टेबुल गर्न खोजेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध गर्दै आएको हो।