Friday, August 7

इजरेलको युद्धमा परेर ज्यान गुमाउनु हुने सबै विद्यार्थीहरूप्रति श्रद्धाञ्जली :अध्यक्ष नेपाल

नेपालअखबार,कैलाली। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले इजरेल-प्यालेस्टानी युद्धमा ज्यान गुमाएका १० जना युवा विद्यार्थीहरूप्रति दुःख व्यक्त गर्नु भएको छ।

Advertisement

समाजवादी जागरण अभियान २०८० को १३औं दिन सुदूरपश्चिम प्रदेश, कैलालीको टिकापुर बहुमुख क्याम्पसमा आयोजना गरिएको श्रद्धाजञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले युद्ध र प्राकृतिक विपत्ति कल्पनाभन्दा बाहिर हुने बताउनु भयो।

Advertisement
Advertisement

अध्यक्ष नेपालले भन्नुभयो, ‘प्यालेस्टाइन र इजरेलबीचको युद्धमा परेर ज्यान गुमाउनु हुने सबै विद्यार्थीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु। घाइतेप्रति शीघ्र स्वाथ्य लाभको कामना। शोकमा रहेका परिवारजनप्रति गहिरो संवेदना प्रटक गर्न चाहान्छु। सकभर पीडित परिवारलाई भेट्ने कोसिस रहनेछ। साथै बाँकी रहेका नेपालीहरूको उद्धार गर्न सरकारसँग अनुरोध गर्दछु।’

Advertisement

समाजवादी जागरण अभियान लिएर जनताको बीचमा आएको बताउँदै अध्यक्ष नेपालले रोजगारी, सुशासन र समृद्धिको सपना पूरा गर्नका निम्ति आफ्नो ठाउँमा सक्रिय भएर लाग्न अनुरोध गर्नु भएको छ।

कार्यक्रममा अध्यक्ष नेपालसहित पार्टी केन्द्रीय उपाध्यक्ष जयन्ती राई, उपमहासचिव डा.विजय पौडेल, जगन्नाथ खतिवडा,  सचिव गरिमा शाह, नेताहरू आरती लामा, महेश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो

shrdanjali sabha tikapur 20801697167256.jpg

tikapur clz1697167256.jpg

shrdanjali sabha tikapur 2080 b1697167255.jpg