
नेपालअखबार, काठमाडौं । इजरायल–प्यालेस्टाइन युद्धको क्रममा गाजा क्षेत्रका अस्पतालहरु नजिक फेरि पनि आक्रमण भएको छ । विष्फोटबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।
प्यालेस्टिनी चरमपन्थी समूह हमासले अल–कुद्स अस्पताल नजिक इजरायलले हवाई हमला गरेको भन्दै एक भिडियो सार्वजनिक गरेको छ ।
आगोले जलेर ध्वस्त भएको अर्को एक भवन पनि हमासले सार्वजनिक गरेको छ । त्यो भवन कुवैती अस्पतालभन्दा पछाडिको हो भनिएको छ । यद्यपि ती भिडियोहरुको प्रमाणिकता जाँच गर्न नसकिएको बीबीसीले जनाएको छ । इजरायली सेनाले त्यो भिडियोबारे सोध्दा अनुसन्धान गरिरहेको जवाफ दिएको पनि बीबीसीले उल्लेख गरेको छ ।

