प्रशासनसमाचार

मकवानपुरमा बढि भाडा लिने ४ सुमोलाई कारबाही

नेपालअखबार, मकवानपुर । नेपालीहरुको महान पर्व दशैँमा टीका लगाउने क्रम बिहीबार पनि जारी छ । दशैँमा यात्रुहरुको चहलपहल बढी रहन्छ । सोही मौकाको फाइदा उठाउदै तोकिएको भन्दा बढी भाडा उठाउने ४ वटा सुमोलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले कारबाही गरेको छ ।

बढी भाडा उठाउने ४ वटा सुमोलाई ५ हजारका दरले जरिवाना गरी उक्त सुमोमा सवार २८ जना यात्रुलाई १० हजार २ सय रुपैयाँ फिर्ता गरेको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै मकवानपुर हुँदै यात्रा गर्ने ९० वटा यात्रुवहाक बसलाई सिट क्षमताभन्दा बढि यात्रु राखेको भन्दै १ हजारदेखी २ हजारसम्म जरिवाना गरिएकोसमेत जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार दशैँको समयमा यात्रुलाई टिकट नदिई यात्रा गराउने ३१ वटा सुमोलाई पनि गरिवाना गरिएको छ । उक्त सुमोलाई १ हजारदेखी २ हजारसम्म जरिवाना गरिएको छ ।

 

the authoradmin