Thursday, June 25

पोखरा देखि काठमाण्डाैंकाे भाडा कति हाे ? प्रशासन माैन, यातायात व्यवासायीकाे मनमर्जी

नेपालअखबार, काठमाडाैं । नेपालीहरुको महान पर्व दशैँमा यात्रुहरुको चहलपहल बढ्नु स्वभाविक नै हाे ।  । सोही मौकाको फाइदा उठाउदै तोकिएको भन्दा बढी भाडा उठाउदै  यातायात व्यवसायीले  आफ्नो मनमर्जी गरेका छन् । यातायात्र व्यवसायीले माैका पाएकाे बेला नै लुट्नु पर्छ भन्ने मानसिकता देखाएका छन् । वस्तवामा पाेखरा देखि काठमाडाैं सम्मकाे यात्रा गर्दा यात्रुहरूले तिर्नु पर्ने भाडादर कति हाे त ?  याे प्रश्न किन सर्वसाधारण यात्रुले गर्न सकेका छैनन् ?   सार्वजनिक सवारी साधनकाे नयाँ भाडा दर  वि.स २०७८ असार २९ गतेका दिन कायम भए अनुसार काठमाडाैं देखि पाेखरा सम्म जम्मा भाडा लाग्ने दर  पाँच सय सत्तिस (५३७) रूपैया सरकारले कायम गरेकाे छ तर एक हजार(१०००) रूपैयाका दरले यात्रुसंग भाडा लिदा कास्कि जिल्लामा नियमन गर्ने निकायले थाहा नै पाएन कि माैनतासंगै बस्याे । टिकट काउन्टरमा टिकट काट्न जादा यात्रुले टिकट नै पाउदैनन् । अनि मिलाेमाेताेमा डिलक्स बसहरूमा टिकट बिना नै यात्रुलाइ बसमा बसाएर गाडि कुदाइन्छ । यात्रुलाई थाहा नै हुर्दैन भाडा कति तिर्ने भन्ने कुरा ?

No description available.

Advertisement

हिजाे ११ गते शनिबारकाे कुरा हाे ।  पोखरा देखि काठमाण्डाैं जानका लागि यात्रुहरु टिकट काउन्टरमा पुगेका थिए तर काउन्टर खुल्ला भए पनि काउन्टरले टिकट बिक्री भने गरेनन् । पृथ्वीराजमार्गकाे काउन्टर नम्बर १मा गएर यात्रुले  काठमाडाैं जाने टिकट खिरद गर्न चाहदा टिकट बिक्रि नभएकाे जानकारी दिए पछि । यात्रुले अरू कतै टिकट पाइनछ कि भनि काउन्टरमा रहेका कार्मचारीलाई प्रश्न गर्दा उनकाे जवाफ थियाे माथि माइक्राे बस काउन्टरमा जानुस् ।

साेहि अनुसार काठमाडाैं जानका लागि गाडिकाे खाेजिमा यात्रु भाैतारीदै थिए । विहानकाे ८.०० बजि सकेकाे थियाे ।  माइक्राे बस काउन्टरमा सर्वसाधारण यात्रुहरू माइक्राे बसकाे खाेजिमा थिए तर त्यहाँ पछि केहि थान माइक्राे बस  राेकिएकाे अवस्थामा भएपनि काउन्टरले टिकट बिक्रि नै गरेन ?  यात्रुहरू एक एर्कासंग कुरा गर्दै थिए कसरी जाने हाेला माइक्राे बस त पाइयाे तर भाडा १५०० सय रूपैयाँ भनेकाे छ ।

एक जना यात्रुले १५०० सय तिर्नु भन्दा हाेटलमा गएर बस्ने बताएका थिए । त्याे बेला कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालयका दुइ जना सैहि साहब पनि त्यहि उपस्थित भएका कारण यात्रुले  ट्राफिक प्रहरीलाई खबर नै गर्नन् । जव टियूटिमा कार्मचारी यहि छन् भने किन खबर गर्ने भन्ने प्रशासनलाई सबै कुरा थाहा नै छन्  हाेला भने साेचले यात्रु  आफै नराम्राेसंग  झुकिए थिए । No description available.

काउन्टरमा टिकट काट्न पर्न जिम्म लिएका व्यत्ति माइक्राे बसकाे टिकट काट्न छाडि आफै डिलक्स बसमा यात्रु भर्दै थिए ।

No description available.

आफ्नो गन्तव्यमा पुग्नु पर्ने यात्रुहरु भौतारिदै थिए । पाेखरा शहर देशकाे नै मुटु भनिएता पनि प्रशासनकाे कमजाेरीले यात्रुले भाेग्नु परेकाे अवस्था देख्दा दुरदराजका यात्रुले भाेग्नु परेकाे अवस्थाकाे अवस्था कस्ताे हाेला ?

काउन्टरमा टिकट बिक्री नगरि बस नै छैन भन्दै कृतिम अभाव देखाएर ।  टिकट बिना नै यात्रुलाई  यात्रा गर्नु पर्ने   बाध्यता सृजना हुर्दै थियाे । यसकाे प्रत्यक्ष साक्षी कास्कि जिल्ला ट्राफिक कार्यलयका दुइ सहिसाब थिए । यात्रुले भाडादर साेध्दा बसमा नै साेध्नु भनेकाे थिए काउन्टरबाट यदि बसमा नै गएर भाडा साेध्न पर्नेभए टिकट काउन्टर किन चाहिन्छ ? दशै सकिए पछि सायद टिकट छैन ? भाडादर थाहा छैन भन्ने दिन आउन अर्काे दशै नै कुर्नु पर्छ हाेला ? प्रशासनले आँखा नखाेल्यकाे एक जना यात्रुले दावी गरेका छन् । सबै कुरा थाहा हुदा हुदै यसरी जनता लुटिनुमा कम्जाेरी प्रशासनकाे नै रहेकाे दावी गरेका थिए ।

कास्की जिल्ला काट्य पछि रू एक हजारकाे दरले भाडा उठाउन थाले पछि केहि बेर विदा पनि भयाे तर विचवाटाेमा गाडिबाट उत्तिरन नचाहेकाले बाध्य भएर बढि भाडा तिर परेकाे बताइन । उनले टिकट मागिन तर टिकट नभएकाे भन्दै  टिकट पनि नदिएकाे एक जना यात्रुले गुनासाे गरिन । सम्बन्धित निकायमा  एकजना यात्रुले  गुनासाे गरेपछि धादिङ्ग जिल्ला ट्राफिक प्रहरीले गाडिलाई राेकयाे । गजुरी ट्राफिक कार्यलयका प्रमुख रविन्द्र श्रेष्ठका अनुसार यात्रु बढि बाेकेकाे कारणले कार्वाहि गरियाे तर यात्रुहरूले गन्तव्यमा पुग्न हत्तार भएकाले हामीलाई  नराेक्न भनेका कारण केहि बेर यात्रुसंग कुरा  आफुले नै कुराकानि गर्दै तपाइकाे केहि हुदैन नडराउनुस आफ्नाे कुरा राख्नुस भनेकाे बताए । एक जना यात्रुले बरम्बार टिकट खै मलाई  टिकट दिनुस भन्दा बस चाल्ककाे तर्फवाट याे पर्यकट गाडि हाे रूटकाे गाडि हाेइन हामीले यात्रुमात्रै बाेकेका हाेउ त्यसकारण टिकट छैन भनेका थिए ।

No description available.

पर्यटक गाडिकाे नम्बर पिलेट कुन रंगकाे हुन्छ । याे जान्कारी ट्राफिक प्रहरीलाई छ कि नाइ ति यात्रुले भनिन् । गजुरीमा एक जना ट्राफिकले साेध्यका थिए । एक हजार भाडा तिरदा कसैकाे चित्त दुख्यकाे छ र ? छ भने भन्नुस । ति यात्रुले भनिन् काठमाडाैं सम्म जाने भाडा कति हाे मैले टिकट माग्दा पनि दिएनन् । यात्रु आफ्नो गन्तव्यमा षुग्न हत्तारिएका थिए । उनले भने  मसंग धेरै पैसा भएर  एक हजार तिरेकाे हाेइन जव कुनै विकल्प नदेखेपछि नै एक हजार तिर्न तैयार भएकाे हुँ । कास्की ट्राफिक प्रहरीकाे कमजाेरीका कारण हामीले दुख पायाै ।

सर्वसाधारण जनतालाई यसरी चाडबारकाे बेला दिने दुख सास्ती कहिले सम्म भन्ने प्रश्न कास्कि जिल्ला ट्राफिकका प्रमुख प्रकाश पाठकसंग गर्दा उहाँले भन्नु भयाे । हामीलाई जान्कारी  आएका कार्वाही गर्न बताएका छन् । यात्रुहरूले टिकट काउन्टरबाट नै लिन् पर्ने बताएका थिए । नेपालअखबारले साेध्याे हिजाेत कुनै टिकट काउन्टरबाट नै टिकट बिक्रि भएनन् तपाइका अफिसर पनि उपस्थित थिए । जनता नराम्राेसंग झुकिए अनि लुटिए पनि भन्दा ट्राफिक प्रहरी प्रमुख पाठकले हिजाे ४वटा माइक्राे बसलाई  कार्वाहि गरेकाे र आज पनि बढि भाडा लिएकाे कारणले नै एउटा माइक्राे बस ४२१६ लाई  कार्वाहि गरिएकाे बताएका छन् । हामीलाई  अहिले पनि जानकारी आयाे भने  बढि भाडा उठाउने बसलाई  कार्वाहि गर्न कास्की ट्राफिक प्रहरी प्रमुख पाठक बताएका छन् । जिल्ला ट्राफिक कार्यलय कास्कीकाे माेइल नं.९८५६०८१९३३ र १०३मा यात्रुहरूले केहि समस्य भए जान्कारी दिन अनुराेध गरेका छन् ।

गण्डकी प्रदेशका अरू जिल्लामा पनि भाडादर बढि उठाएकाे यात्रुहरूकाे गुनासाे छ ।