
नेपालअखबार, जाजरकोट । शनिबार विहानै स्वास्थ्यकर्मीको टोलीसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्डले प्रभावित क्षेत्रको अनुगमन गरिरहेका छन् ।
स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्र पुगेका प्रधानमन्त्री अनुगमन र उद्धारमा अटिएको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
उनका अनुसार सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि पनि तीनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिसकेको छ।
गएरातिको जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएकाे थियाे । शक्तिशाली भूकम्पले जाजरकोटमा व्यापक जनधनको क्षति भएको छ ।





