Tuesday, July 7

मेलम्चीको पानी वितरण अनिश्चित

नेपालअखबार, काठमाडाैं। यो वर्ष मेलम्चीको पानी वितरण अनिश्चित बनेको छ । विगतको तुलनामा यो वर्षको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स तथा मुख्य बाँधमा बढी मात्रामा माटोको लेदो र गेग्य्रान थुपारे पनि अहिलेसम्म त्यसलाई हटाउने काम सुरु हुन सकेको छैन । यस पटकको बाढीपहिरोले आयोजनाको मुहान र हेडवक्र्सका साथै आयोजनाको गेट नम्बर ९ र १० पूर्ण रूपमा पुरिएको छ ।

Advertisement

बाढीपहिरोले आयोजनाको हेडवक्र्स र मुख्य बाँधमा पुग्ने पहुँच मार्ग बगाउँदा त्यसको मर्मत निर्माण अहिलेसम्म सुरु हुन नसक्दा मेलम्चीको पानी वितरण अनिश्चित बन्दै गएको हो । गत वर्ष मङ्सिरदेखि वितरण सुरु गरिएको पानी यो वर्ष माघको अन्तिमबाट मात्र वितरण हुने सम्भावना छ ।

Advertisement
Advertisement

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले विगतभन्दा यो वर्ष बाढीपहिरोले आयोजनामा ठुलो क्षति पु¥याए पनि अहिलेसम्म त्यसको मर्मतसम्भार तथा निर्माण सुरु हुन नसक्दा पानी वितरण अनिश्चित बनेको बताए ।

Advertisement

उहाँका अनुसार बाढीपहिरोले आयोजनाको मुहानसम्म पुग्ने सडकसमेत बगाएकाले हेडवक्र्स र मुहान क्षेत्रमा पुगेको क्षति अझै यकिन हुन सकेको छैन । ‘ड्रोन’ को सहायताले गरिएको अध्ययन अनुसार मुहान क्षेत्रमा ठुलो मात्रामा माटोको लेदो र गेग्य्रान थुप्रिएको देखिएको छ । मुहानसम्म पुग्ने पहुँच मार्ग निर्माण गर्ने, मुहानसम्म पुगेर क्षति यकिन गर्ने, क्षति यकिन गरेर बजेट सुनिश्चित गरी मर्मतसम्भार तथा निर्माण सुरु गर्ने जस्ता काम अहिलेसम्म हुन नसकेकाले यस वर्ष पानी वितरण ढिलो हुने बताइएको छ ।

उहाँले भन्नुभयो, “मर्मत तथा निर्माण सुरु गर्न मेलम्ची खानेपानी समितिको बोर्डले निर्णय गर्नु पर्छ । डेढ महिनादेखि समिति कार्यकारीविहीन छ । कार्यकारी पदाधिकारी नियुक्त भएर नआएसम्म समितिको बोर्ड बैठक बस्न सक्दैन र बोर्ड बैठकले निर्णय नगरेसम्म कुनै पनि काम अगाडि बढ्न सक्दैन । बोर्डको निर्णयपछि मात्र काम गर्ने बाटो खुल्छ ।”

समितिका प्रवक्ता पन्तका अनुसार बोर्डको निर्णयपछि कार्ययोजना बनाएर क्षतिको यकिन गरी त्यस अनुसार मर्मतसम्भार तथा निर्माण सुरु गर्न सकिन्छ । काम सुरु गरिएको कम्तीमा ४५ देखि ६० दिनभित्र मेलम्चीको पानी काठमाडौँमा वितरण गर्न सकिन्छ ।

मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर पद्म कुँवरले आयोजनालाई पुनः सञ्चालनमा ल्याउन विगतभन्दा थप समय लाग्ने बताए । उहाँले मुहानसम्म पुग्ने पहुँच मार्ग पुनर्निर्माण गरी लेदो र गेग्य्रान हटाएर हेडवक्र्सलगायतका संरचनाको मर्मतसम्भार गरेपछि मात्र सुरुङमा पानी पथान्तरण गर्न सकिने बताए ।

आयोजना निर्माण सुरु भएको २२ वर्षपछि २०७७ चैत १५ गते पहिलो पटक मेलम्चीको पानी उपत्यकामा वितरण गर्न सकिएको थियो । २०७८ असार र साउनमा मेलम्ची खोलामा आएकोे भीषण बाढीपहिरोले आयोजनाको मुहान र हेडवक्र्समा ठुलो क्षति पु¥याएको थियो । त्यसपछि बन्द रहेको मेलम्चीको पानी २०७९ वैशाख ११ गतेबाट अस्थायी रूपमा वितरण सुरु गरिएको थियो ।

त्यसपछि बाढीपहिरोबाट क्षति हुन सक्ने भन्दै २०७९ जेठ १७ गते मेलम्चीको पानी वितरण पुनः बन्द गरिएको थियो । त्यसपछि गत मङ्सिर २३ गते मेलम्चीको पानी वितरण पुनः काठमाडौँमा सुरु गरिएको थियो ।